Ads

ललितपुरको झम्सीखेलमा गोली चल्यो


ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले गोली प्रहार गरेर लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको थियो । त्यसक्रममा अविनाश राई पक्राउ परेको उनले बताए ।

घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू