काठमाडाैँ । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेकाे छ ।
टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपाली टाेली भारतीय बलरसामु टिक्नै सकेन ।
दुबईको आईसीसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा नेपाल २२.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाउँदै अलआउट भयाे । भारतविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जाेड्न सकेनन् ।
भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए । ५३ रनकाे झिनाे लक्ष्य पाएकाे भारतले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्