काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमाथि ढुंगा प्रहार भएको छ ।
पहिचानवादीले आज कार्की चढेको गाडी लक्षित आक्रमण गरेका हुन् ।
मंगलबार झापाको दमकमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा झापामा कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो ।
ढुंगा लागेर मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको छ । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेका अनुसार अहिले स्थिति नियन्त्रणमा आएको छ ।
प्रतिक्रिया दिनुहोस्