Ads

ललितपुर महानगर अगाडी धर्ना बस्न आएका ईःलाई स्थानीयको अवरोध


काठमाडाैँ । ललितपुर महानगरको कार्यालयअगाडि धर्ना बस्न आएका अभियन्ता ईःलाई ललितपुरका स्थानीयले अवरोध पुर्याएका छन् ।

उभिएरै धर्ना बस्न पुल्चोक आएका उनलाई स्थानीयले मंगलवार दिउँसो अवरोध पुर्याएका हुन् ।

हालै ललितपुर महानगरपालिकाले लगनखेलदेखि मंगलबजारसम्म फूटपाथ व्यापार गर्न रोक लगाएको थियो ।

त्यसैको विरोधमा ईः धर्ना बस्न लागेका थिए । अवरोधपछि उनलाई प्रहरीले पुल्चोकस्थित महानगरको कार्यालयअगाडि  प्रहरी बिटमा लगेर सुरक्षा दिइरहेको छ ।

ईः केही महिनाअघि पनि काठमाडौं महानगरपालिकामा लामो समयसम्म उभिएरै धर्ना बसेका थिए । उनी फूटपाथ व्यापारीकै पक्षमा धर्नामा बसेका थिए । महानगरले वार्ता गरेर सहमति गरेपछि ईःले धर्ना छोडेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू