Ads

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् ।

उनले राजीनामापत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए ।

मन्त्रीले भने, ‘मैले थानीलाई किन राजीनामा दिएको भनेर सोधेको थिएँ । उहाँले स्वतन्त्र भएर बस्छु । अहिले जागिर खाँदिनँ भन्नुभयो ।’

मंसिर १७ बाट लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् ।

 

Ads

सम्बन्धित पोष्टहरू