Ads

तात्यो तातोपानी नाका


रसुवा\ चीनसँगको कारोवारका लागि मुख्य मानिएको रसुवाको तातोपानी नाकाबाट हुने कारोवारमा वृद्धी भएको छ । भन्सार कार्यालयका अनुसार भदौयता आयात व्यापार तीन गुणाले बढेको हो । चार वर्षअघि नै आयात, व्यापार खुलाइए पनि त्यो नाम मात्रको थियो । नाका महिनौं बन्द हुन्थ्यो सामान आए पनि मुस्किलले दैनिक दुई÷तीन कन्टेनर चीनबाट महिना दिन लगाएर नाका आइपुग्थ्यो । भदौयता निरन्तर तातोपानीमा आपूर्ति सहज हुन थालेपछि व्यवसायी उत्साहित बनेका छन् ।

भदौ १५ गतेदेखि नाकामा चीनले मानवीय आवागमन खुलाएपछि तातोपानीमा व्यापारिक गतिविधि दिन प्रतिदिन बढ्दो छ । दैनिक तीनदेखि चार करोड रुपैयाँबराबरको फलफूल र अन्य सामान आयात भइरहेको ट्रान्स सिल्क टर्मिनल्स प्रालिका संयोजक विजय शेर्पाले बताए ।

आयातित सामग्रीमा ८० प्रतिशत कृषिजन्य सामग्री छ । स्याउ, लसुन, किबीलगायत कृषिजन्य सामग्रीको आयात धेरै छ । आर्थिक वर्ष ०८०÷८१ को पाँच महिनामा करिब चार अर्ब सात करोड रुपैयाँबराबरको राजस्व उठेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू