Ads

गठवन्धनमा भाग मिलाउनै हम्ये, कांग्रेसमा कचिङ्गल


काठमाडौ\ राष्ट्रिय सभाको निर्वाचन नजिकिएसँगै सत्ता गठवन्धनका दलहरु विच भागवण्डाको कचिङ्गल शुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष पद समेत रिक्त हुने भए पछि त्यसलाई आफ्नो पक्षमा पार्न गठवन्धनका सवै जसो दल लागि परेका छन् । अध्यक्षमा मात्र नभई रिक्त हुने सदस्य मध्ये अधिकतम आफ्नो पक्षमा पार्न पनि दलहरु कसरतमा लागेका छन् ।

राष्ट्रिय सभा सदस्यको रिक्त सिटमा निर्वाचन माघ ११ गते हुने छ । सो निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने छ ।यसका लागि सवै भन्दा ठुलो दल नेपाली कांग्रेस भित्र गुट सन्तुलनको कचिङ्ल पनि बढेको छ ।

नेपाली कांग्रेसको शेखर कोइराला समूहले राष्ट्रियसभा चुनावको मापदण्डलाई विशेष ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिन थालेको छ । कोइराला समूहको भेलाले यसअघि पार्टी सभापतिले आफू निकट नेतालाई मात्रै टिकट दिएको भन्दै यसपटक मापदण्डलाई ख्याल गर्दै न्यायपूर्ण ढङ्गले टिकट वितरण गर्नुपर्नेमा जोड दिएको हो ।

यसअघिको चुनावमा मापदण्डलाई बेवास्ता गरिएको र भेदभाव भएको भन्दै भेलाले अबको राष्ट्रिय सभा चुनावमा मापदण्ड र न्यायोचित टिकट वितरणका लागि दबाब दिने निर्णयसमेत गरेको छ । भेलामा महामन्त्री गगन थापाले नेता कोइरालालाई संसदीय दलको नेताका लागि अघि बढ्न प्रस्ताव पनि गरे ।

भेलामा पार्टीको कार्यसम्पादन समिति बैठक र पुस १६ गतेदेखि १९ गतेसम्मका लागि तय भएको महासमिति बैठकबारे पनि कुरा भएको थियो । कोइराला पक्षका नेताहरुले महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले भने महासमिति बैठक फेरि सार्ने तयारी गरेको भन्दै इतर समुहका नेता झस्किएका छन् । पटकपटक सर्दै आएको बैठक यस पटक भने जाडो र राष्ट्रिय सभा चुनावको कारण देखाउँदै सार्न लागिएको भन्ने उनीहरुको आशंका छन् ।

अध्यक्ष पदका लागि लविङ् 

कांग्रेस भित्र भने सदस्यका लागि मात्र नभई अध्यक्ष पदका लागि लविङ् शुरु भएको छ । पूर्व उपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आ आफ्नो लविङ् थालेका छन् । सदस्य हुँदै अध्यक्ष बन्ने दाउमा श्रेष्ठले बन्दसुचीमा रहेको आफ्नो नाम हटाएका छन् । यस्तै गत निर्वाचनमा झापा ३ बाट पराजित सिटौलाले पनि आफ्नो पक्षमा माहोल बनाउन आफ्नो पक्षका नेताहरु परिचालन गरि सकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू