काठमाडाैँ । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् ।
फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् ।
आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए । ओलीमाथि आक्रमण गर्न खाेज्ने व्यक्ति महालक्ष्मी- ५ धनकुटाका महेश राई रहेको बताइएको छ ।
राईलाई अहिले प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
तर प्रहरीले भने ओलीमाथि भएको आक्रमणको विषयमा बोल्न चाहेको छैन । आक्रमणको आधिकारिकता भने आइनसकेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ऋषिराम कँडेलले बताए ।
ओली बिहीवार भोजपुरबाट धनकुटा आएका थिए । त्यसपछि उनी जन्मजिल्ला तेह्रथुम पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्