काठमाण्डौ \ सरकारको निर्णयअनुसार अब विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने भएको छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा २५ वटा आवश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित गरिएको हो ।
हडताल गर्न नपाइने आवश्यक सेवामा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा रहेका छन् ।
यस्तै, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा ९एम्बुलेन्स लगायत० छन् ।
यस्तै, औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, बैंकिङ्क सेवा, बीमा सेवा, विद्युत् सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड स्यानिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवामा पनि हडताल गर्न नपाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्