काठमाडौ \ कविता लेखनबाट चलचित्रमा हामफालेका उपेन्द्र सुव्वा फेरि अर्को चलचित्र सहित आउने भएका छन् ।
गत वर्ष मात्र जारी जस्तो सुपरहिट चलचत्रि दिएका सुव्वा ‘मनसरा’ नामक चलचित्र सहित नयाँ वर्ष मनाउन आउन लागेका हुन् । आगामी वैशाख २१ गते प्रदर्शनमा आउने मनसरामा उनलाई कवडी देखिनै ट्युनिङ् मिलाउँदै आएका धेरैजसो कलाकारले साथ दिएका छन् । शुक्रबार पहिलो पोष्टर सार्वजनिक गरिएको ‘मनसरा’ मा दयाहाङ् राई र मिरुना मगरको मुख्य भुमिका रहेको छ भने मेनुका प्रधान र प्रविन खतिवडा पनि रहेका छन् । कलाकारहरुसँग उनको सिंगो टिमका अधिकांश सदस्य रंगमञ्च पृष्ठभुमीका रहेका छन् ।
शैलेन्द्रध्वज कार्की निर्माता रहको मनसरामा कुशल थिएटर निर्देशक किरण चाम्लिङ्ले मुख्य सहायक निर्देशक भएर काम गरेका छन् भने थिएटर निर्देशक तथा कलाकार कार्यकारी निर्माताको रुपमा प्रस्तुत् भएका छन् । चलचित्रमा लेखन र निर्देशन दुवै उपेन्द्रलेनै गरेका छन् । विगतका चलचित्रहरु जस्तै मनसरालाई पनि दर्शकहरुले रुचाई दिनेमा उनी आशावादी पनि छन् ।
चलचित्रमा सान्तिम कोईराला र दिपक खरेल सहायक निर्देशकको रुपमा रहेका छन् भने मनहाङ् लावती,मनिक शंकर र शुभम् चाम्लिङ्ले कला निर्देशकको भुमिका निभाएका छन् । कवडी फिल्मस्ले बनाएको मनसरालाई एप्पल ईन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्