Ads

२९ औं महानगर दिवसमा को-को भए सम्मानित? (सूचीसहित)


काठमाडाैँ । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ।

शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा एक समाहरोह गरी महानगर दिवस मनाइएको हो।  हरेक वर्ष मंसिर २९ गते महानगरले कार्यक्रमको आयोजना गर्दै आएको छ।

यसैबीच महानगरले राष्ट्रियस्तरमा योगदान गरेका विभिन्न व्यक्तिहरूलाई राष्ट्रिय व्यक्ति पुरस्कारबाट सम्मान गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए। यस्तै सांसद, मेयर, प्रहरी, खेलाडीहरू पनि समारोहमा  उपस्थित थिए।

यस्तै, महानगरपालिकाले महानगरमा कार्यरत कर्मचारीहरूलाई समेत सम्मानित गरेको छ। उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई समेत पुरस्कृत गरेको छ।

यी हुन् सम्मानित हुनेहरू:

सन्दुक रूइत (वरिष्ठ नेत्र विशेषज्ञ)
मनीषा कोइराला (कलाकार)
दुर्गालाल श्रेष्ठ (जनकवि)
वैकुण्ठ मानन्धर (म्याराथन)
मनोहरलाल भण्डारी (स्ट्रक्चरल इञ्जिनियर)
मीरा चौधरी (एआइजी)
बालगोपाल महर्जन (पूर्वकप्तान फुटबल)
पारस खड्का (पूर्वकप्तान क्रिकेट)
एरिका गुरूङ ( कराते)
सदिना श्रेष्ठ (महिला बास्केटबल कप्तान)

 

Ads

सम्बन्धित पोष्टहरू