काठमाडाै । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आजदेखि सत्याग्रह शुरू गर्ने भएका छन् ।
विगतमा पटक–पटक भएका सहमतिलाई सरकारले कार्यान्वयन नगरेको भन्दै उनले आज बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह शुरू गर्न लागेका हुन् ।
डा. केसीले विगतमा भएका सम्झौता कार्यान्वयन, सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने माग राखेका छन् ।
यस्तै, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यसअगाडि सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने माग अगाडि सारेका छन् ।
प्रतिक्रिया दिनुहोस्