काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् ।
उनले शुक्रबार जिल्ला अदालत पुगेर बैंक ग्यारेन्टी बुझाएका हुन् ।
सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई उपस्थित गराउन कारागारमा पत्र पठाएकाले अब खाँणलाई उपस्थित गराइने भएको छ ।
अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले यसअघि नै खाणलाई उपस्थित गराउन भन्दै कारागार कार्यालयलाई पत्राचार गरेका थिए।
नेपाल सरकारको गृहमन्त्रीका रुपमा कार्यरत रहेका बेला रकम (घुस) लिएको अभियोगमा अख्तियारले खाणविरुद्ध अनुसन्धान गरिरहेको छ। यस्तै, सम्पत्ति शुद्धीकरण विभागले पनि उनीविरुद्ध अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्