Ads

कांग्रेस महासमिति बैठक सार्ने कांग्रेसको निर्णय


काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ ।

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने गरी सार्ने निर्णय भएको नेता विमलेन्द्र निधिले जानकारी दिए ।

यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो । यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता निधिले बताए ।

राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्‍वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले दल दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको निधिले बताए ।

s

Ads

सम्बन्धित पोष्टहरू