Ads

सम्पत्ति शुद्धीकरणले बालकृष्ण खाँणसँग माग्यो १५ लाख धरौटी


काठमाडाैँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट ३० लाख धरौटीमा छुटेका कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १५ लाख धरौटी मागेको छ ।

शुक्रवार दिउँसो अदालतबाट छुटेका खाँणलाई सम्पत्ति शुद्धीकरण विभागमा ल्याइएको थियो ।

बयानपछि विभागले खाँणसँग १५ लाख धरौटी माग गरेको हो । जग्गा धितो राखेर खाँणले बैंक ग्यारेन्टी पेस गरेका छन् । अदालतमा पनि उनले बैंक ग्यारेन्टी पेस गरेका थिए ।

सम्पत्ति शुद्धीकरणमा भएको बयानमा खाँणले आफैं लेखेर जवाफ दिएका छन् ।

खाँणलाई शुक्रवार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइँदैछ ।

अख्तियारबाट पनि धरौटी वा साधारण तारेख पाए खाँण आजै रिहा हुनेछन् ।

 

Ads

सम्बन्धित पोष्टहरू