Ads

कांग्रेसलाई जनजनमा पुर्‍याउन कार्यकर्तालाई उपसभापति खड्काकाे निर्देशन


काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्च्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन् ।

शुक्रबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मन्त्री खड्काले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सुधार्नु पर्ने कमीकमजोरीप्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिए । बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पुर्याउन, समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिए ।

प्रतिष्ठानले आयोजना गरेको तीनदिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रबाट एक–एक जनाले भाग लिएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू