Ads

आम जनता पार्टीले आज भन्सार विभाग घेर्ने


काठमाडौं । आम जनता पार्टीकाे आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले आजदेखि भन्सार विभाग घेराउ तथा धर्ना दिने निर्णय गरेको छ । भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कारको ब्यवस्था खारेजीको मागसहित १ पुसदेखि भन्सार विभाग घेराउ तथा धर्ना दिने निर्णय भएको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए ।

यसैबीच आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कमिशनको नाममा भइरहेको राजस्वको लुटधन्दा बन्द हुनुपर्ने बताएका छन् । काठमाडौंको अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आजपा निकटको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको हरेक क्षेत्रमा भ्रष्टाचार बढदै गएको बताउँदै उनले भ्रष्टाचारविरुद्ध हुने आन्दोलनमा सहभागि हुन आह्वान गरे ।

सुराकीका नाममा भन्सार कार्यालयले दिने गरेको ४५ प्रतिशत कमिसनको व्यवस्था भन्सार नियमावलीबाट हटाउनु पर्ने उनले बताए । भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिसनको प्रावधान खारेजका लागि आजपाले आन्दोलन गर्दै आएको छ । भन्सार कानुनमा रहेको ४५ प्रतिशत सुराकी तथा कमिसनको लुटकारी व्यवस्थाका कारण हजारौं सर्वसाधारण अन्यायमा परिरहेको उल्लेख गर्दै यो व्यवस्था तत्काल हटाउन साहले जोड दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू