Ads

चिवाभञ्ज्याङमा ओलीले झन्डा फहराएपछि सकियो एमालेको संकल्प यात्रा


काठमाडाैँ । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रा पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएक छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गरेका हुन ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा यो यात्रा थालिएको थियो।

यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए।

बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन भएको हो। पाँचथरको यो भञ्ज्याङ भारतको सिक्किमसँग जोडिएको छ।

 

Ads

सम्बन्धित पोष्टहरू