काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उखु किसानहरूको बक्यौता भुक्तानी गर्नका लागि पहल लिएका छन् । उखु किसानहरुलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल दिने गरि आइतबार दिउँसो प्रधानमन्त्री प्रचण्डको पहलमा बसेको बैठकले निर्णय गरेको हो ।
आज प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गरेको उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्