Ads

हुलाकी राजमार्ग निर्माणमा भारतीय अवरोध


काठमाडौ\ नेपालको बहुप्रतितिक्षित पूर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अनावश्यक अवरोध गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अवरोधकै कारण निर्माण कार्यले गति लिन नसकेको पनि जनाएका छन् । उनका अनुसार कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा राजमार्ग कालोपत्रे कार्य अवरोध रहेको छ ।

सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराईरमधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण भइरहेको हुलाकी राजमार्गको पश्चिमी क्षेत्रको काम अवरोध भए पछि निर्माण सुस्त भएको छ। मन्त्री ज्वालाले नेपाल र भारतबिचको सीमा विवादका कारण मुलुकको पश्चिमी क्षेत्रमा हुलाकी राजमार्ग कालोपत्रेको अवरोध भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकमा मन्त्री ज्वालाले सो जानकारी दिए । कालोपत्रे कार्यमा भारतीय सीमा सुरक्षा बलले समेत अवरोध पु¥याइरहेको मन्त्री ज्वालाको भनाइ थियो । समितिले केही दिनअघि त्यस क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । सो क्षेत्रमा सीमा विवाद समाधानका निमित्त पहल भइरहेको जानकारी दिँदै उनले बेलौरीको पचुई स्थित नेपाल–भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्रे गर्नसमेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको बताए।

सो क्षेत्रमा सीमा विवाद तथा राजमार्ग कालोपत्रे गर्ने विषयमा पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको बताउँदै मन्त्री ज्वालाले यस विषयमा पहल गर्न समितिलाई समेत आग्रह गरे । बैठकमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजयकुमार मुलले सो क्षेत्रमा सीमा विवादका कारण एक हजार चार सय मिटर सडकखण्डमा राजमार्गको कालोपत्रेलगायतका काम अवरोध भएको जानकारी दिए । उनका अनुसार भारतीय सुरक्षा बलले सो क्षेत्रमा हुलाकी राजमार्ग नै भारतको क्षेत्रमा परेको दाबी गर्दै आएको छ ।

हुलाकी राजमार्ग निर्देशनालय अनुसार आयोजनाको कुल भौतिक प्रगति ८७ प्रतिशत रहेको छ भने अझै सयौँ किलोमिटर सडकको रेखाङ्कन (एलाइन्मेट)  नै तय गर्न बाँकी छ। त्यसै गरी अझसम्म कतिपय सडकखण्ड र पुल निर्माणको बोलपत्रसमेत आह्वान हुन सकेको छैन। सरकारले आर्थिक वर्ष २०७९\८० सम्ममा यस राजमार्गको निर्माण कार्य सम्पन्न गर्ने निर्धारित समय तय गरेको थियो।

Ads

सम्बन्धित पोष्टहरू