Ads

रामजानकी विवाह महोत्सव सम्पन्न


काठमाडौं । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवमा रामजानकीको विवाह कार्यक्रम सम्पन्न भएको छ । जनकपुधामस्थित जानकी मन्दिर तथा राम मन्दिरको डोला रंगभूमि मैदानमा पुगेपछि आइतबार दिउँसो स्वयम्बर सकेर हिजै राति विवाह कार्यक्रम सम्पन्न भएको हो ।

जानकी मन्दिर परिसरमा आइतबार राति रामजानकीको वैवाहिक कार्यक्रम मिथिला संस्कृति अनुसार सम्पन्न भएको हो । वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरीले रामका बुबा अर्थात् राजा दशरथको भूमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सीताको बुवा अर्थात् राजा जनकको भूमिका निर्वाह गरेका थिए ।

वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिरलाई दुलही झैं सिंगारिएको थियो । यस्तै वैवाहिक कार्यक्रमका लागि जानकी मन्दिर परिसरमै मण्डप समेत बनाइएको थियो । यस मण्डपमा रामजानकीको वैवाहिक कार्यक्रम भएको हो ।

प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिमा मनाइने यस महोत्सवको अवसरमा यसपटक जनकपुरधाममा विशेष रौनक बढेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू