Ads

बालेनप्रति प्रचण्डकाे गुनासाे- बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई अरुका कुरा पनि सुन्न सुझाएका छन्।

ललितपुर महानगरपालिकाको स्थापना दिवसलाई प्रमुख अतिथिका रुपमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले शाहले आफ्ना कुरा सन्दै नसुनी हिँडेको भन्दै गुनासो गरेका हु्न्।

‘बालेन्द्रजी पहिले बोलेर हिँडिहाल्नुभयो। पहिला बोलेर अरुका कुरा नसुनी हिँडिहाल्नेसँग मलाई अलिक इरिटेसन हुन्छ’, दाहालले भने, ‘आफूलाई लागेको कुरा भनिहाल्ने अनि त्यसको जवाफ सुन्न नबस्ने यो त ठीक भए। अरुका कुरा सुन्न पनि बस्नुपर्छ, प्रमुख अतिथिले बोल्ने बेलासम्म बसेर कुरा सुन्नुपर्छ।’मेयर बालेन्द्रले बागमतीका सुकुमम्बासी, तीनकुनेको खाली जग्गा र फोहोर मैला व्यवस्थापनका आफूसँग छलफल गरेको पनि उनले बताए।

‘तपाईंले ती समस्याका लागि हामीसँग कति पटक बैठक बस्नु भयो सिंहदरबारमा? म जस्तो सहयोगी प्रधानमन्त्री अर्को को पाउनु हुन्छ?’, उनले भने, ‘ती कुराबारे रिकोग्नाइज गर्न तपाईं किन डराउनु हुन्छ? ललितपुर र भक्तपुरलाई संयोजन गर्ने जिम्मा पनि बालेन्द्रजीसँग छ। प्रधानमन्त्रीले बल गर्दैछ भन्ने किन देख्नु भएन?’

त्यसअघि बोल्दै मेयर शाहले फोहोर व्यवस्थापन, खोला अतिक्रमणलगाय विषयमा संघीय सरकारबाट सहयोग नपाएको गुनासो गरेर हिँडेका थिए।

 

Ads

सम्बन्धित पोष्टहरू