Ads

नेकपा एसको सचिवालय बैठक सुरु


काठमाडौँ । एकीकृत (समाजवादी)को सचिवालय बैठक काठमाडौँमा सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर अघि बैठक सुरु भएको हो ।

आजको बैठकमा विधान संशोधन मस्यौदामाथि छलफल हुने सो पार्टीका महासचिव घनश्याम भुसालले राससलाई जानकारी दिए ।

उनका अनुसार बैठक आज र भोलि सञ्चालन हुनेछ । गएको मङ्सिर २८ र २९ का लागि तय भएको उक्त बैठक नेताहरुको व्यस्तताका कारण पुस २ र ३ गते अर्थात् आज र भोलि बस्नेगरी सारिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू