काठमाडाैँ । संघीय सांसद डा. अमरेशकुमार सिंहले दायर गरेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साे रिटमा यस्तो आदेश दिएको हो।
एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद सिंहले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी गर्दै सर्वोच्चले १६ पुसमा दुवै पक्षलाई छलफलमा बोलाएको छ। सांसद सिंहले २२ मंसिरमा रिट दर्ता गराएका थिए।
प्रतिक्रिया दिनुहोस्