काठमाडौं । आज बिहान बारा जिल्लाको अमलेखगञ्जमा बस र ट्रक एकापसमा ठोक्किँदा मृत्यु तथा घाइते बनेकाहरुको पहिचान खुलेको छ । आज बिहान काकडभिट्टाबाट काठमाडौँका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जमा एकासिमा ठोक्किँदा मृत्यु भएका तीनजनामध्ये दुईजना र घाइते बनेका २७ जनाको पहिचान खुलेको हो ।
दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ र बस चालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरिशमशेर सुयाल थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार एकजना मृतकको भने पहिचान खुल्न सकेको छैन ।
यस्तो छ घाइते तथा मृतकहरुको विवरण
मृतकको विवरण
१. ट्रक चालक जिल्ला तनहुँ, पिपरटार बस्ने अ.वर्ष २८ को पूर्ण गुरुङको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
२.बस चालक जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.०३ बस्ने अ.वर्ष ४० को हरि शम्सेर सुयाल थापाको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
३.हाल सम्म नाम,थर वतन नखुलेको अ.वर्ष ३०\३५ वर्षको पुरुष व्यक्तिको हेटौडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको
निम्न घाइतेहरू
१.जिल्ला तनहुँ बन्दिपुर गा.पा.०६ बस्ने अ.वर्ष १७ को तेज कुमार गुरुङको अनुहार र हातमा चोट, अवस्था मध्यम हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
२.जिल्ला सुनसरी भाति गा.पा.०२ बस्ने अ.वर्ष ३० को खिलराज दुलालको अनुहार र खुट्टामा चोट अवस्था मध्यम रहेको हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको( पुरानो मेडिकल चितवनमा रिफर गरेको)
३.जिल्ला सुनसरी इटहरी उ.म.न.पा ०४ बस्ने अ.वर्ष ४० को सुरेन्द्र गौतमको खुट्टामा चोट,अवस्था सामान्य रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
४.निजको श्रीमती अ.वर्ष ३५ की सम्झना गजुरेलको टाउको, अनुहार र छातीमा चोट, अवस्था गम्भीर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
५.निजको छोरी अ.वर्ष १२ की सोराय गौतमको टाउको,अनुहार र छातीमा चोट अवस्था गम्भीर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
६.निजको छोरा अ.वर्ष ३ को सोडनेम गौतमको टाउको,छाती खुट्टामा चोट अवस्था गम्भीर रहेको, हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको
७. बसको सह-चालक जिल्ला झापा दमक बस्ने अ.वर्ष ३५\४० कोनगेन्द्र उपरेती टाउको,अनुहार र छात्तीमा चोट अवस्था गम्भीर रहेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भई रहेको
कार्की मेडिकल अम्लेखगंज बारामा उपचार भईरहेको
१.देश भरत आन्नचल प्रदेश बस्ने अ.वर्ष ५२ को सिडिमायाको खुट्टामा चोट, अवस्था सामान्य
२.ऐ.ऐ.बस्ने अ.वर्ष ५२ की नामा एमसेको खुट्टामा चोट, अवस्था सामान्य
३.ऐ.ऐ.बस्ने अ.वर्ष ४२ की श्रीग धौगाको हातमा, सामान्य चोट
४.ऐ.ऐ.बस्ने अ.वर्ष ४७ को पासाङ काण्डुको मुख र खुट्टामा चोट, अवस्था गम्भीर
५.जिल्ला इलाम माईजुमा गा.पा.०५ बस्ने अ.वर्ष ३० को विनोद तामाङको खुट्टामा सामान्य चोट
६.ऐ.ऐ. चुलाछुटी गा.पा.०५ बस्ने अ.वर्ष ३६ को वीर बहादुर तामाङको मुख, नाक र खुट्टामा चोट, अवस्था मध्यम रहेको
७.जिल्ला सङखुवासभा मा.बि न.पा.०९ बस्ने अ.वर्ष ३० को चन्द्र बहादुर तामाङ, खुट्टामा सामान्य चोट
८.ऐ.ऐ. बस्ने अ.वर्ष २४ को विर्ख बहादुर तामाङको टाउकोमा चोट, अवस्था मध्यम
९.जिल्ला इलाम चुलाडुली गा.पा.०३ बस्ने अ.वर्ष ३६ को मनोज कुमार लिम्बुको पेटमा सामान्य चोट
१०.ऐ.ऐ.बस्ने अ.वर्ष २० को प्रवेश पटेलको खुट्टामा सामान्य चोट
११.जिल्ल झापा कमल गा.पा.०५ बस्ने अ.वर्ष १९ की पुणम गुरुङको खुट्टामा सामान्य चोट
१२.देश भरत कालेगुङ बस्ने अ.वर्ष २५ को छोमी लोप्चाको खुट्टामा सामान्य चोट
१३. निजको श्रीमान् अ.वर्ष २९ को नामग्याल डोर्जेको खुट्टामा सामान्य चोट
१४.निजको छोरी अ.वर्ष २ की माया लोप्चाको खुट्टामा सामान्य
१५. जिल्ला झापा अर्जुन धारा गा.पा.११ बस्ने अ.वर्ष ४९ को हरि नारायण विश्वकर्माको खुट्टामा चोट
१६.जिल्ला सुनसरी इटहरी उ.म.न.पा.०६ बस्ने अ.वर्ष ५४ को अनिल कुमार थापाको हात र खुट्टामा सामान्य चोट
१७ जिल्ला झापा बारदसी गा.पा.०२ बस्ने अ.वर्ष ४२ को धन बहादुर लिम्बुको हात र खुट्टामा सामान्य चोट
१८.ऐ.ऐ.कमल गा.पा.०६ बस्ने अ.वर्ष २० को नयन खनालको टाउकोमा चोट, मध्यम
१९. देश भरत आन्नचल प्रदेश बस्ने अ.वर्ष १९ को छिरिङ पालेदेनको खुट्टामा सामान्य चोट
२० जिल्ला उर्लाबारी बस्ने अ.वर्ष २१ को अमि श्रेष्ठको ढाडमा चोट अवस्था मध्यम
प्रतिक्रिया दिनुहोस्