Ads

हमास–ईजरायल युद्ध :गाजामा २० हजार मारिए


एजेन्सी \हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि इजरायलले पनि जवाफी कारबाही थालेको थियो । त्यसबेला एक हजार २ सय व्यक्तिको ज्यान गएको थियो ।

२ सय ४० जना बन्धक थिए । जसमध्ये केहीलाई मुक्त गरिएको थियो । बाँकी बन्दी छुटाउन कायरोमा, हमास र इजिप्टका वार्ताकारबीच भएको पछिल्लो वार्ता भने निष्कर्षविहीन भएको बीबीसीले जनाएको छ ।

युद्धविराम अघि कुनै नयाँ बन्दी आदानप्रदान सम्झौता हुन नसक्ने हमासले जोड दिएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको खबरमा उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू