Ads

पोखराबाट उड्न लागेको बुद्ध एयरको इमर्जेन्सी ढोका खुलेपछि…


काठमाडौं । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेपछि उडान नै रोक्नु परेको छ । आज बिहान केही बेरअघि पोखराबाट काठमाडौंका लागि उड्न लागेको जहाज धावनमार्गबाट उड्ने तयारी गरिसकेका बेला इमर्जेन्सी ढोका खुलेपछि उडान रोकिएको हो ।

उडान नम्बर यूफोर६५२ कलसाइत रहेको उक्त जहाज पोखराबाट काठमाडौं उड्ने तयारीमा रहेका बेला इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुको खुट्टाले लागेर ढोका खुलेको बताइएको छ ।

ढोका के कारणले खुलेको हो भन्ने चेकजाँच गरेरमात्रै उडाइने पोखरा विमानस्थल स्रोतको भनाइ रहेको छ । उडान नं ६५२ का जहाजको इमर्जेन्सी ढोका यात्रुबाट के कति कारणले खुल्न गएको हो भन्नेबारेमा पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू