Ads

नेप्सेमा ३२ अंकको ‘करेक्सन’, कारोबार रकम ६ अर्बभन्दा बढी


काठमाडाैँ । गत सात दिनदेखि उच्च अंकले सेयर बजार बढेकाले नाफा बुक गर्ने लगानीकर्ता हाबी हुँदा बिहीबारको बजारमा करेक्सन आएको छ।

यो सात दिनमा नेप्से परिसूचक १९३ अंकले बढेको छ। सही मौकामा नाफा बुक गर्ने लगानीकर्ता सक्रिय हुँदा बिहीबार नेप्से परिसूचक ३२.२७ अंकले घटेको छ।

ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक प्रतिशतभन्दा धेरैले घटेको छ।

बिहीबार एक करोड ७१ लाख ७२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँबराबरको कारोबार भएको छ। बुधबार ६ अर्ब ८८ करोडबराबरको सेयर कारोबार भएको थियो।

बजारमा करेक्सन देखिँदा १३ मध्ये ११ उपसमूहको सूचक घटेको छ। विकास बैंक र फाइनान्स उपसमूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह क्रमशः २.३६ प्रतिशत र ०.५६ प्रतिशतले बढेका छन्।

बिहीबार एक सय ९१ कम्पनीको मूल्य घट्दा ५० कम्पनीको मूल्य मात्रै बढेको छ। यद्यपि, आज पाँच कम्पनीको मूल्यमा १० प्रतिशत र सात कम्पनीको मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। सबैभन्दा धेरै गिरावट आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ७.४४ प्रतिशतले घटेको छ।

 

Ads

सम्बन्धित पोष्टहरू