Ads

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत


काठमाडाैँ । सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धि निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।मन्त्री शर्माका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख, को प्रयोजनको लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशत भन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकका रूपमा तोक्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ।

यस्तै, अपांगता भएका ब्यक्ति सम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गर्ने निर्णय भएको छ। यसैगरी मन्त्रिपरिषदले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।

बाँकी निर्णय मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराउने मन्त्री शर्माले बताइन्।

 

Ads

सम्बन्धित पोष्टहरू