Ads

२०८० पौष ६ गते शुक्रबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )अरूको भरपर्दा काम बिग्रन सक्छ । सरकारी कामकाजमा नियुक्तिको सम्भावना बढेर जानेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारिक असमझदारी बीच गरिएको प्रयास व्यर्थ होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । व्यापार व्यवसायमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । हिम्मतले काम लिने समय छ । घरमा सुख समृद्धि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिएपनि धेरै अधुरै रहलान् । दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यवसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमि लगायत स्थायी सम्पत्ति बारे केही विवाद हुन सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ । धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइ,सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )विभिन्न अवसर प्राप्त भएपनि स्वास्थ्य कमजोर रहन सक्छ । पेटको समस्याबाट जोगिन खानपानमा सजग रहनुहोला । नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )शत्रुबाधा, मुद्दा मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )घर खर्च बढ्नेछ । आयआर्जनमा कमी आउने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्यमा देखा पर्ने समस्याले सताउन सक्छ ।

Ads

सम्बन्धित पोष्टहरू