काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिव समेत रहेकी नेतृ रामकुमारी झाँक्रीलाई थप जिम्मेवारी दिएको छ । गत असोज ५–७ को सचिवालय बैठकपछि अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजनसहित जारी गरेको अपानिमा झाँक्रीलाई प्रवास विशेष प्रदेश अन्तर्गत युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जका रुपमा जिम्मेवारी तोकेका थिए ।
एकीकृत समाजवादीले उक्त अपानिलाई संशोधन गर्दै पुस ४ गते जारी गरेको अपानिमा भने झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजनको जिम्मा दिइएको छ । योसँगै झाँक्रीको जिम्मेवारी पहिलेको तुलनामा थपिएको छ ।
प्रतिक्रिया दिनुहोस्