काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष एवं सांसद स्वर्णिम वाग्लेले नेपालमा भ्रष्टाचारले सीमा नाघेको बताएका छन् ।
शुक्रबार एक्सन एडले आयोजना गरेको एक कार्यक्रममा उनले संवैधानिक निकाय र नियामकले नै कागज मिलाएर भ्रष्टाचारको ‘सेटिङ’ गरिरहेको आरोप लगाए ।
उनले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्छ भन्ने विषयको पक्षधर रहेको बताए ।
उनले वैदेशिक सहायता निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने बताए । उनले अहिले कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने काम भइरहेको बताए । उनले ठेकदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए ।
उनले भने, ‘देशै भताभुङ्ग भएको बेलामा एण्डलाइटण्ड कण्डिसाइलिटिको पक्षधर हो । केहीले त बाधि दिनुप¥यो । केहीले नज गर्नुप¥यो । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । नीतिगत सेटिङको हिसाबले नियमावली चैतमा १२ औँ संशोधन गर्नुहुन्छ । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको कुरै नगरौँ ।
सबैतिर भ्रष्टाचार,पार्टीहरूको आर्थिक बाटो कमसल पूर्वाधारबाट हुन्छ । ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच,नीतिगत कब्जा(नियमनकारी निकाय नै कब्जा गर्ने),संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छौँ । पूर्वाधारमा पनि यस्तो भइरहेको छ । तीन वटैमा बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला ? निरपेक्ष रूपमा अरू केही जान्दैनन् हामी नै हौँ जानकार ७० को दशकमा आए होलान् । तर अहिले हामी संवाद गर्नसक्छौं । तिम्रो कुरा मान्य छैन भनेर निकाल्न सक्ने हैसियत छ । तर जहाँ जहाँ चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’
उनले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजनाहरू बनाउन कन्सल्टेन्ट बुद्धिजीवीहरूको आवश्यकता नभएको बताए । उनले ग्राण्ड लोनको अवस्था एलडिसी भएकै कारण लगभग शून्य अवस्थामा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्