Ads

मुलुकको शासन पद्धति पारदर्शी भए अर्थतन्त्र माथि उठ्छ : नेता रिजाल


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पद्धति पारदर्शी भए मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन् ।

शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता रिजालले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए । उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे ।

उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको बताए ।

डा. रिजालले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कही पुग्न नसक्ने बताए । उनले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताए ।

रिजालले अर्थतन्त्र सवल बन्ने सबै आधार बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ता नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू