Ads

अरुले पिठो बेच्दा हामीले चामल पनि बेच्न सकेनौं : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरुले पिठो बेच्दा आफूहरुले चामल पनि बेच्न नसकेको बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार काठमाडौंको बूढानीलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ले अहिलेको सरकारले गरेका राम्रा कामहरूको प्रचार हुन नसकेको गुनासो गरेका हुन् ।

नेकपा (माओवादी केन्द्रंको अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले अरु दल वा सरकारले गर्दै नगरेको कामलाई पनि गरेको जसरी प्रचार गरेको भए पनि आफूले भने त्यस्तो गर्न नसकेको दाबी गरे । प्रधानमन्त्रीको रुपमा आफ्नो तेश्रो कार्यकाल सफल हुने उनको भनाइ रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले भने– ‘सरकारको अन्य कुराको हकमा, पिठो पनि अरुले राम्रोसँग कराएर बेच्ने, हामीले राम्रो चामल पनि बेच्न नजान्ने भएको हो माओवादी। माओवादीले गरेको काम हेर्ने हो भने, मध्यपहाडी लोकमार्ग जुन मेरो पालामा मैले नै प्रस्ताव गरेको हो। त्यसले अहिले जनताको अर्थतन्त्रमा राम्रो प्रभाव पार्दैछ ।’

Ads

सम्बन्धित पोष्टहरू