Ads

२०८० पौष ८ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )खर्च लागेपनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )विशिष्टजनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी पाइएला । कर्म योगमा अभिवृद्धि हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्क शक्ति बढेपनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । आतिथ्यपूर्ण सम्मान पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल काम समेत सम्पादन हुन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)खर्च भएपनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्क शक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखा पर्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतार चढाव आएपनि अन्ततः फाइदै हुनेछ । साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ ।

Ads

सम्बन्धित पोष्टहरू