Ads

प्रहरी प्रधान कार्यालय नक्सालका सई भक्तपुरमा मृत अवस्थामा फेला


काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा दरबन्दी रहेको नेपाल प्रहरीका नायब निरीक्षक (सई) भक्तपुरमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सई बालकृष्ण उपाध्याय घिमिरे सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी प्रधान कार्यालय १ नं. गण नक्साल काठमाडौँ दरबन्दी भई कार्यरत रहेका सई ४४ वर्षीय उपाध्याय घिमिरे आफ्नै घरको तेस्रो तलामा सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा खटिएको थियो। प्रहरीका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन । पोष्टमर्टमको लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ ।

Ads

सम्बन्धित पोष्टहरू