हेटौंडा । मनहरी गाउँपालिकामा विगत एक सातादेखि जंगली आतंक मच्चाउँदै आएको छ । शनिबार राति मनहरी गापा—७ की ५१ वर्षीया कान्छीमाया तामाङ हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।
राति पौने १२ बजे तामाङ घरबाट बाहिर निस्कदा हात्तीको आक्रमणबाट घाइते भएकी हुन् । उनको ढाडमा चोट लागेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मनहरीमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्