काठमाडाैँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश भएका छन् । न्यायपरिषद्को आइतवार बसेको बैठकले कुँवरलाई न्यायाधीश बनाउने निर्णय गरेको हो । सर्वोच्चकै रजिस्ट्रार निर्मला पौडेल भट्टराई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिश भएकी छन् ।
मुख्य न्यायाधीश बनाउनुपर्ने अडानमा रहेका कुँवरलाई दोस्रो वरीयतामा रहने गरी वरिष्ठतम् न्यायाधीश बनाउन सिफारिश गरिएको न्याय परिषद् स्रोतले लोकान्तरलाई बतायो ।
२०७७ माघ २९ गते मुख्य रजिस्ट्रारमा नियुक्त भएका कुँवरको कार्यकाल २०८० माघ २८ गते सकिँदै थियो । साथै, बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्