काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशको कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।
विभागले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने उल्लेख गरेको छ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन पनि विभागले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५२ मिनेट र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्