Ads

सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए


काठमाडौं । सिन्धुलीमा दुई जनाको मृत्यु हुनेगरी मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगो लगाएका छन् । जिल्लाको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश–०१–००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएका हुन् ।

आज बिहान उक्त बसले बा.६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएको थियो ।

बसमा आगजनी भएपछि सिन्धुलीका एसपी सिलवाल घटनास्थलमा जाँदै छन् । अहिले दुर्घटना स्थलमा इन्स्पेक्टर सविता के।सी। नेतृत्वको टिम परिचालन गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू