काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नारायणगढ–बुटबल सडकको निर्माण छिटो सम्पन्न गर्न दबाब यात्रा शुरू गरेको छ ।
सोमवार नवलपुरको गैडाकोटबाट रास्वपा सभापति रवि लामिछानेसहित नेताले यात्रा शुरू गरेका हुन् ।
तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएकोले सरोकारवालालाई दबाब दिन यात्रा शुरू गरिएको लामिछानेले बताए । चार लेनमा विस्तार गर्न लागिएको नारायणगढ–बुटबल खण्डको १ सय १५ किलोमिटर राजमार्गको भौतिक प्रगति ४४ प्रतिशत मात्र रहेको छ ।
रास्वपाको यात्रामा पार्टीको भौतिक पूर्वाधार विभागकी संयोजक सांसद निशा डाँगीलगातय छन् । रास्वपा टोली बुधवार बुटवल पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्