Ads

मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन


काठमाडाैँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ।

सनातन धर्मावलम्वीहरु सोमबार गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद् भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन्।

उनीहरुले शंख फुक्दै मन्त्री किराँतीको राजीनामा मागेका थिए। विरोध प्रदर्शनमा सहभागी भएकाहरुले मन्त्री किराँतीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको बताए।

उनीहरुले गैर जिम्मेवार मन्त्री राजीनामा दे, आफ्नो मर्यादा पालन गर लगायतका प्लेकार्ड र नाराबाजी गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू