Ads

कारको ठक्करबाट २ जनाको मृत्यु


पोखरा\ पोखरामा  कारको ठक्करबाट २ जनाको मृत्यु भएको छ। पोखरा ५ पर्स्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिँदा बागलुङ ढोरपाटन –६ घर भई पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते दुवैजनाको अस्पतालमा मृत्यु भएको हो। दुर्घटनापछि कार चालक फरार छन् भने कार प्रहरीको नियन्त्रणमा छ।

Ads

सम्बन्धित पोष्टहरू