Ads

समर्थन मुल्य समेत पाउँदैनन् किसान, रोजाईमा पर्न थाल्यो धान


ईलाम\ चियाको उर्वर क्षेत्र ईलाममा किसान यतिबेला यो सिजन टिपिसकेको चिया काट्न ब्यस्त छन् । तर बर्खामा बेचेको चियाको मूल्य अझै नपाउँदा उनीहरुले समस्या झेल्नु परिरहेको छ । उचित मूल्य नपाएकै कारण पछिल्लो समय कृषकले चिया विस्तार गर्न छोडिसकेका छन् । भएको चिया गोडमेल र आएको उत्पादनमै किसान निरास हुनुपर्ने स्थिति आएको स्वयम किसानहरु बताउँछन् । निर्वाचनअघि भोट माग्न अनेकौ आश्वासन बाँड्ने नेता न किसानको समस्या बुझ्न आउँछन् । न समस्या सुल्झ्याउन नै लाग्छन् ।

इलामका किसानले चियाबाट नैरस्यता थपिएको गुनासो गर्न थालेका छन् । किसानका समस्या उठाउने ठाउँमा पुगेका जनप्रतिनिधिले समस्या समाधानमा चासो नदेखाउँदा किसानमा नैरस्यता थपिएको हो । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पनि आफ्नो कार्यकालको डेढ वर्ष पूरा गरिसकेका छन् । निर्वाचनका बेला उनीहरुले रोजगारी सिर्जना र विकासका एजेण्डा अघि सारेका थिए ।

नगरपालिकाले हरियो चियाको मूल्य न्यूनतम प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । तर, नगरपालिकाले तोकेको मापदण्ड भने कार्यान्वयन हुन नसक्दा किसान समस्यामा छन् । सूर्योदय नगरको कार्यविधि अनुसार किसानले ल्याउने चियामा पनि मापदण्ड तोकेको छ ।

किसानले ल्याएको सोही मापदण्डको चियालाई प्रतिकिलो ४० रुपैयाँ ९न्यूनतम० मा उद्योगीले किन्नुपर्ने प्रावधान छ । तर आफैंले तोकेको मूल्य कार्यान्वयनमा नगरपालिका फितलो देखिएको छ । यसले चियाको मूल्य निर्धारणमा सूर्योदय प्राय असफल भएको छ ।

बरु धानै ठिक ?
चिया उत्पादनको उर्वरभूमि इलामका किसान धानखेतीतर्फ आकर्षित हुन थालेका छन्। नगदे बालीसहित दूध, चियालगायतका कृषि उपज उत्पादनलाई आधुनिकीकरण गर्दै बजार प्रवर्द्धनको लक्ष्य लिएको सूर्योदय नगरपालिकाले चियाको न्यूनतम मूल्य तोकेर मूल्य र गुणस्तरमा एकरुपता ल्याउन पहल गरे पनि कार्यान्वयन हुन नसकेपछि आफूहरू वैकल्पिक खेतीप्रति आकर्षित भएको किसान गिरिज घिसिङले बताए।

गत वर्षको तुलनामा यस वर्ष जिल्लामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ। ुगत वर्ष ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छु, ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, ुयस वर्ष गत वर्षभन्दा धानको उत्पादकत्वसमेत वृद्धि भएको छ।ु केन्द्रप्रमुख बर्देवाका अनुसार यस वर्ष धानको उत्पादकत्व बढेर प्रतिहेक्टर तीन दशमलव ३२ मेट्रिक टन पुगेको छ। गत वर्ष प्रतिहेक्टर तीन दशमलव ३१ मेट्रिक टन थियो।

गत वर्षभन्दा यस वर्ष धान रोपाइँ हुने क्षेत्रफल भने घटेको छ। किसानले चिया मासेरै धानखेती लगाएका छैनन् तर चियामा लगाउने मेहनतचाहिँ धानखेतीमा बढाएको पाइन्छ।

 

Ads

सम्बन्धित पोष्टहरू