काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १२ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६६ पैसा पुगेको छ ।
युरो एकको खरिद दर १४७ रुपैयाँ ०८ पैसा र बिक्री दर १४७ रुपैयाँ ७५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४० पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
प्रतिक्रिया दिनुहोस्