Ads

सरकारी बेवास्ताको हद, त्रिपालमै ज्यान गुमाउँदै सुत्केरीहरु


जाजरकोट\ सरकारी बेवास्ताका कारण जाजरकोटका भुकम्प पिडीतहरु कष्टकर जीवन जिउन बाध्य भएका छन् । अस्थाई आवाश निर्माणका लागि यो चिसो समयमा पनि रकम निकाशा नहुँदा उनीहरुको दैनिकी कष्टकर बनेको हो ।

सरकारले अस्थायी आवासका लागि घोषण गरेको ५० हजार रुपियाँ मध्य पहिलो किस्ता २५ हजार पाउन नसकेपछि नागरिक त्रिपालमुनी बस्न बाध्य भएका छन्। न्यानो आवास नपाउँदा सुत्केरी, गर्भवती र बालबालिकाको बिचल्ली भएको छ।समयमा अस्थायी आवासको व्यवस्था नगर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी, बालबालिकाहरु बढि जोखिममा परेका छन् ।

सुत्केरीको मृत्यु
जाजरकोटको कुशे गाउँपालिका ९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार बिहान मृत्यु भएको छ।  मङ्सिर १७ गते सुत्केरी भएर दुई छोराको जन्म दिएकी कल्पनाको बास त्रिपालमुनी भएपछि चिसोका कारण मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको अध्यक्ष बस्नेतले बताउनुभयो। कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएपछि चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा कल्पनाको मृत्यु भएको हो। भूकम्पले घरवासबिहीन भएपछि पालमुनी रात बिताउने गरेकी कल्पनाले शिशुलाई सेकाउने आगो, पोषण युक्त खानेकुराको अभावका कारण कष्टपूर्ण जीवन बिताउनु परेको थियो।

Ads

सम्बन्धित पोष्टहरू