Ads

जुनियर यु–१६ फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा गणेश हिमाल


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ६, मुलपानीमा रहेको गणेश हिमाल सेकेण्डरी स्कूलले आज भएको सातौं नेफ–ऋत कप अन्तरविद्यालय जुनियर यू–१६ छात्र फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा पुगेको छ ।

चावहिल गणेशस्थान मैदानमा गणेश हिमालले श्रमशीललाई २–० गोलले पराजित गर्‍यो । गणेश हिमालका रोशन र दिप्लवले समान १–१ गोल गरे । उत्तरभेगीय शैक्षिक मञ्च तथा ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा विनायक, प्रारम्भ र बृहस्पति विद्या सदन पनि प्रिक्वाटरफाइनल पुगे ।

विनायकले ज्ञानचक्षुलाई १–० गोलले हरायो । जेसाङ बम्जनले विजयी गोल गरे । प्रारम्भले ऋत एकेडेमीलाई ३–२ गोलले हराउँदा रुपेश खड्काले २ र नितेश राउतले १ गोल गरे । ऋतका प्रतीकले दुई गोल फर्काए । बृहस्पतिले मनकामनामाथि १–० को कठिन जित दर्ता गर्‍यो । विजयी टिमका लागि दीपन श्रेष्ठले १ गोल गरे ।

Ads

सम्बन्धित पोष्टहरू