Ads

नेपाली प्रगतिशील मञ्च जापानकाे नवाैँ अधिवेशन जनवरी २८ मा हुने


काठमाडाैँ । नेपाली प्रगतिशील मञ्च जापानको नवाैँ अधिवेशन जनवरी २८ मा हुने भएको छ ।

`प्रवासी नेपालीहरुमा आपसी सद्भाव,भाइचारा र एकताको अभियान! ज्ञान,सिप र पुँजीको लगानी सहित समृद्ध नेपालको लागि नवाैँ अधिवेशन ´!! भन्ने मूल नाराका साथ जनवरी २८ मा जापानको टोकियो हुने भएको छ ।

मञ्चको अधिवेशन तयारी बैककले जनवरी २८ मा टोकियोमा अधिवेशन गर्ने निर्णय गरेको मञ्चका महासचिव बाबुराम पाैडेलले जानकारी दिए । अधिवेशनमा मञ्चका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मालगाएतको उपस्थिति हुने महासचिव पाैडेलको जानकारी दिए ।

मञ्चले ७ क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।

यस अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । मञ्चले देशमा विभिन्न विपदमा पिडितहरुलाई सहयोग पुर्याउदै आएको छ । भर्खरै रुकुम -जाजरकोटका भुकम्प पिडितका लागी आर्थिक सहयोग गरेको थिए । मञ्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण पनि गराएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू