Ads

२०८० पौष १५ गते आइतबार, तपाईको दैनिक राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केहि अल्छीपन छाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । कृषि कार्यबाट पनि फाइदा लिन सकिन्छ । पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान पाइने समय छ । प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बैदेशिक कार्यमा असफलभई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट समर्थन एवम् धन पाइने दिन छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आज तपाइलाई अनौठो तरिकाबाट धन लाभ हुन सक्छ । परिवारबाट सुखको अनुभुति पनि मिल्ला । धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । भौतिक साधनको पनि क्षति हुने दिन छ, होस पुर्याउनु होला । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुने छ । सोचे अनुसार काम सम्पन्न भने हुँदैन । मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्द व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )नयाँ काम सम्बन्धि योजना बनाउँदा फाइदा हुन सक्छ । साथै, ब्यापार ब्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ । आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । चोट पटकको भय पनि छ । हात हतियारबाट जोग्गिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू