काठमाडौ \ नेपालमा विभिन्न रेल मार्गका बारेमा विभिन्न बहस र अभ्यास हुँदै आएका छन् । नेपाल भारत विचको दशकौ पुरानो रेल मार्ग भए पनि चीनसँगको रेलमार्ग निर्माणको बहस थालिएको पनि दशक हुन लाग्यो । यस विचमा प्रारम्भिक सर्वेक्षणको पनि काम सकिएको छैन भने नेपालको पुरानो जनकपुर–जयनगर रेल सेवा धान्नै नसकिने अवस्थामा पुगेको छ ।
जनकपुर जयनगर रेलमार्ग सञ्चालनको २० महिनामानै १३ करोड रुपैयाँ घाटा पुगि सकेको छ । एक अर्बभन्दा बढीमा खरिद गरी रेल सेवा सञ्चालनमा ल्याएको भए पनि यस विचमा नेपाल रेल वे कम्पनीको आम्दानीको तुलनामा खर्च झण्डै दुई गुणा बढी पुगेको हो । भारतीय कर्मचारीको भरमा चलि रहेको रेल सेवाका लागि नेपाली कर्मचारी भर्नाको प्रक्रियानै थालिएको छैन । रेल सेवाको सुरक्षा चेकजाँच समेत भारतीय सुरक्षाकर्मीकै भरमा रहेको छ ।
यस्तै रेल चलाउनका लागि सुरुका दिनमा भारतबाट मुख्य २६ जना जनशक्ति ल्याएकोमा अहिले १७ जना कार्यरत छन् । कर्मचारीको तलवभत्ता, रेलको सरसफाई र मर्मत सम्भारका नाममा नेपाल रेल्बेले भारतीय कोंकन कम्पनीलाई मासिक ७० लाख भारतीय रुपैयाँ बुझाउँदै आएको छ । तर प्रबन्धक सञ्चालकसहित १ सय ३ जना नेपाली कर्मचारीको मासिक तलब १७ लाख मात्र छ । रेल्वेलाई प्रत्येक महिनाको आम्दनी ७५ लाख छ भने खर्च भने १ करोड २९ लाख भन्दा बढि छ ।
चिनिया रेलको कुरा
२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका केरुङ–काठमाडौं रेलमार्ग परियोजना सुरु गर्नेबारे सहमति जुटेको थियो । २०७२ देखिनै यस बारेमा बहस शुरु भए पनि यसको औपचारीक प्रकृयाका लागि सहमति जुटेको ४ वर्ष भएको छ । हाल यसको प्रारिम्भक सर्भे अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ टोलीले चीनतर्फको अध्ययन सकेर नेपालतर्फ रसुवा, नुवाकोट र काठमाडौंमा सर्भे गरिरहेको छ । अब दोस्रो चरणको भौगर्भिक अध्ययन सुरु हुने रेल विभागले जनाएको छ । यसअघि सन् २०१७÷१८ मा चिनियाँ टोलीले पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । काठमाडौंतर्फको टोखा÷काभ्रेस्थली अन्तिम बिन्दु हुने गरी अध्ययन भइरहेकोमा तेस्रो चरणमा वातावरणीय प्रभाव मूल्यांकन हुने विभागको भनाइ छ ।
रेल विभागका महानिर्देशक रोहित बिसुरालका अनुसार चिनियाँले आफ्नै खर्चमा अध्ययन गरेको हो । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुसमा चिनियाँ टोली नेपाल आएको थियो । साढे तीन वर्षभित्र अध्ययन सकेर रिपोर्ट बुझाउन दुवै पक्षबीच सम्झौता भएअनुसार अध्ययन भइरहेको हो । अध्ययनमा नेपाली प्राविधिक भने संलग्न छैनन् ।
केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययनले ७२ किमि दूरी रहने र त्यसमा ४० किलोमिटर पहाड छेडेर सुरुङ र केही स्थानमा अग्ला पुल निर्माण गरिनु पर्ने देखाएको छ । जसको लागत करिब २ खर्ब ७१ अर्ब ३६ करोड अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्